भूमिका:
प्युठानको राजनीतिमा अहिले एउटा नयाँ र शक्तिशाली लहर देखिएको छ। आगामी निर्वाचनको चर्चा सुरु भइरहँदा सामाजिक सञ्जाल र अनौपचारिक सर्वेक्षणहरूमा एकजना युवा अनुहारको चर्चाले सबैलाई अचम्मित पारेको छ। उनी हुन्— सुशान्त वैदिक।(Sushant Baidhik)
किन छन् त सुशान्त चर्चाको शिखरमा?

हाम्रो वेबसाइट InfoJatra ले सञ्चालन गरिरहेको ताजा जनमत सर्वेक्षणमा सुशान्त वैदिकले स्थापित नेताहरूलाई पछि पार्दै अग्रता लिइरहेका छन्। यसका केही मुख्य कारणहरू हुनसक्छन्:
युवा आकर्षण: प्युठानका युवाहरू अहिले पुराना अनुहार भन्दा नयाँ र जोशिला युवाको नेतृत्व चाहन्छन्।
सामाजिक सक्रियता: भुइँमान्छेका समस्याहरूमा सुशान्तको निरन्तरको उपस्थितिले उनलाई जनताको नजिक बनाएको छ।
परिवर्तनको चाहना: लामो समयदेखि एउटै पार्टी र नेता देखिरहेका प्युठानी जनता यसपटक ‘विकल्प’ को खोजीमा छन्।
डा. गोविन्दराज पोखरेलसँगको टक्कर:
एकतर्फ अनुभवी र विकासविद् डा. गोविन्दराज पोखरेल छन् भने अर्कोतर्फ युवाहरूको ढुकढुकी सुशान्त वैदिक। हाम्रो पोलको नतिजाले भन्छ— प्युठानमा यसपटक “अनुभव र उत्साह” बीच कडा प्रतिस्पर्धा हुने निश्चित छ।
“के सुशान्त वैदिकले प्युठानको मुहार फेर्न सक्छन्?
